पोखरामा दोहोरी साँझस्तरीय लोकदोहोरी प्रतियोगिता हुने

पाेखरा | असार २०, २०८०

पोखरामा दोहोरी साँझस्तरीय लोकदोहोरी प्रतियोगिता हुने

पोखरा:  विन्दवासिनी दोहोरी साँझले पोखरामा दोहोरी साँझ स्तरीय दोहोरी प्रतियोगिता आयोजना गर्ने भएको छ ।

 

पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी २२ देखि २६ गतेसम्म प्रतियोगिता संचालन गर्ने जानकारी दिइएको हो ।

 

साँझका सञ्चालक विरेन्द्र केसीका अनुसार प्रतियोगितामा पोखराका दोहोरी साँझमा गाउने लोकदोहोरी गायक गायिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताको विजेता समुहले ३० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल्ड प्राप्त गर्नेछ ।
 

यस्तै द्वित्तिय हुने समुहले २० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल्ड हात पार्नेछ ।

 

तृतीय हुने टोलीलाई १० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल्ड प्रदान गरिने केसीले बताए । उनका अनुसार सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई ५ हजार प्रदान गरिनेछ ।

 

प्रतियोगितामा सहभागिता जनाउनका लागि १ हजार निर्धारण गरिएको प्रतियोगिता संयोजक सुमन खड्काले बताए । 

 

उनका अनुसार प्रतियोगितामा सहभागि हुनका लागि दोहोरी साँझकै लेटरप्याडमा एक गायक र एक गायिकाको नाम सिफारिस गरि पठाउनुपर्ने छ । सो प्रतिायोगिताको निर्णायकमा लोक तथा दोहारी गायक टेक क्षेत्री, दिलु लामा लगायत रहनेछन् ।

 

सो प्रतियोगितासँगै बेलकी हुने विशेष सांगीतिक साँझमा लोकदोहोरी कलाकारहरु चिजा गुरुङ, रवी कार्की र अस्मिता डल्लाकोटीसहित नियमित कलाकारहरुको प्रस्तुति रहनेछ संयोजक खड्काले जानकारी दिए । 

 

करिब ८५ लाखको लागतमा नयाँ व्यवस्थापनसहित चिप्लेढुंगामा पुन संचालनमा ल्याएको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
। 
 
 

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्